|
|
मिति: २०६७/०३/०७ 1) संयुक्त राष्ट्र संघ मानव अधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (Universal periodic Review - UPR) अर्न्तगत नेपालको विगत चार वर्षो मानवअधिकारको अवस्थाको समीक्षा सन् २०११ को जनवरीमा जेनेभामा हुन गईरहेको छ। राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले नेपालका महिला तथा दलितहरुको मानवअधिकारको अवस्थाबारे संयुक्त रुपमा प्रतिवेदन पठाउने सम्बन्धमा राष्ट्रिय दलित आयोगलका प्रतीनिधिहरु र राष्ट्रिय महिला आयोगका प्रतीनिधिहरुका वीचमा मिति २०६७ जेठ २४ गते वैठक बसी सहकार्य गर्ने निर्णय गरियो। सो अवसरमा असार १७ (जुलाई १) सम्ममा प्रस्ताव पर्ठाई सक्ने गरी कार्ययोजना समेत तयार पारि सोहि आधारमा सो सम्बन्धी क्रियाकलापहरुलाई अगाडी वर्ढाईरको छ। २) संयुक्त राष्ट्र संघिय आर्थिक, सामाजिक र सांस्कृतिक प्रतिज्ञा पत्र (१९६६) मा उल्लेखित विविध अधिकार मध्य तत्कालको लागि विभिन्न पाँच अधिकारहरुको सम्बन्धमा सुचकाङ्क विकास गर्ने कार्यको लागि मिति २०६७ जेठ २४ गते राष्ट्रिय दलित आयोगमा राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्र संघिय मानव अधिकार उच्चायुक्तको कार्यालय समेतको उपस्थितिमा छलफल भयो।सो कार्यको लागि यहि २०६७ असार २ र ३ गते आवाशिय अर्न्तक्रिया कार्यक्रम संचालन गर्ने निर्णय भयो। सो अर्न्तक्रियामा राष्ट्रिय महिला आयोगले काम गर्ने अधिकार सम्बन्धी प्रतिज्ञा पत्रको धारा ६ मा उल्लेखित काम गर्ने अधिकार सम्बन्धी अधिकारको सूचकहरु विकास गर्ने क्रममा संयोजन प्रस्तुतिकरण गर्ने निर्णय भयो। ३) अछाम जिल्ला मंगल सेन स्थित जिल्ला विकास समितिको सभाहलमा मिति २०६७ जेठ ७ गते राष्ट्रिय महिला आयोगको आयोजनामा "महिला अधिकार" विषयक र्सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो। महिला अधिकारका विभिन्न विषयहरु मध्य सम्पति माथिको अधिकार, स्वास्थ्य अधिकार, महिलाको राजनितिक अधिकारमा नागरिकताको उपलब्धता, महिलाको स्थानिय स्तरमा विकासमा सहभागिता, साथै महिला माथि हुने हिंसा सम्बन्धमा जनचेतना जगाउने पक्षमा केन्द्रित रहि कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष श्री नैनकला थापा, प्रमुख जिल्ला अधिकारी श्री ज्ञान प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री रविन्द्र के.सी., जिल्ला मालपोत कार्यालयका प्रमुख श्री छविलाल उपाध्याय, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्री शैलेन्द्र श्रेष्ठ, स्थानीय विकास अधिकारी श्री महेन्द्रलाल श्रेष्ठ द्वारा वक्ताको रुपमा महिला अधिकारको लागि आ-आफ्नो निकायबाट भईरहेको कार्यक्रमहरुबारे जानकारी गराउनु भएको थियो।सो अवसरमा हिंसा पिडित महिलाहरु, जिल्लामा अवस्थित पत्रकार, महिला विकास कार्यालय, महिला अधिकार मञ्च, पेशागत महासंघ, पारालिगल कमीटि, फेडो, स्वास्थ्य समिति, बाल अधिकार मञ्च, जिल्ला बार एशोसिएसन, बाल कल्याण कोष, महिला विकास तथा कानून मञ्च, दलित महिला संघ, तथा जिल्लामा रहेका अन्य महिला अधिकारका लागि सक्रिय संघ संस्थाहरु समेत गरी करिब १४० जना भन्दा बढी सहभागिहरुको उपस्थितिमा माथि उल्लेखित अधिकारको कार्यान्वयन सम्बन्धमा र जिल्लामा रहेका प्रत्यक्ष सेवा प्रदायक र सेवाग्राहीको विचमा सकारात्मक सम्बन्धको बिकास गर्ने सम्बन्धमा कार्यक्रम केन्द्रित रहेको थियो। ४) र्सलाही जिल्लाको मलंगवा स्थित जिल्ला विकास समितिको सभाहलमा मिति २०६७ जेठ २३ गते राष्ट्रिय महिला आयोगको आयोजनामा र्सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो। उक्त, कार्यक्रममा महिलाको सम्पति माथिको अधिकार, स्वास्थ्य अधिकार, महिलाको राजनितिक अधिकारमा नागरिकताको उपलब्धता, महिलाको स्थानिय स्तरमा विकासमा सहभागिता, साथै महिला माथि हुने हिंसा सम्बन्धमा छलफल केन्द्रित रहेको थियो। ५) काठमाण्डौं जिल्ला वाँसवारी स्थित विश्व हिन्दु महासंघको भवनमा मिति २०६७ जेठ २७ गते राती ५२ वषिर्य महिला माथि सामुहिक बलात्कार भएको भनि विभिन्न पत्र पत्रिकामा प्रकाशित भएको घटनाको सम्बन्धमा राष्ट्रिय महिला आयोगका सदस्य श्री अमुदा श्रेष्ठको नेतृत्वमा आयोगको अनुगमन टोली द्वारा मिति २०६७ जेठ ३१ गते उक्त घटना सम्बन्धी स्थलगत निरीक्षण (पीडितको निवासमा) गरी विवरण संकलन गर्ने कार्य गरियो। Site Updated On: Thu, 02 Sep 2010 04:21:45 PM
|
|