सचिव
डा.श्री बद्री पोख्रेल
व्यक्तिगत विवरण

परिचय:

राष्ट्रिय महिला आयोग ऐन, २०६३ ले अध्यक्ष सहित ५ जनाको आयोग गठन गर्ने व्यवस्था गरेको छ।सो आयोगले गर्ने कार्यमा टेवा पुर्‍याउन तथा दैनिक प्रशासनिक कार्य संचालनका लागि एक जना सचिव रहने व्यवस्था गरेको छ।जुन नेपाल सरकारको निजामती सेवाको कम्तीमा राजपत्राङ्गति प्रथम श्रेणीको वहालवाला कर्मचारी हुने व्यवस्था रहेको छ।त्यस्तै आयोगलाई आफ्नो कार्य सम्पादनका लागि आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउने छ भनी आयोगको ऐनमा उल्लेख गरेको पाइन्छ।तर्सथ आयोगले कार्य सम्पादन सहजरुपबाट गर्न गराउनका लागि विभिन्न महाशाखा एवं शाखाहरुको व्यवस्था गरी ती महाशाखा एवं शाखामा आवश्यक कर्मचारीहरुको व्यवस्था गर्नु पर्ने हुन्छ।

दूरदृष्टि

प्रत्येक महिलाले पुर्ण रुपमा मानव अधिकार, सामाजिक न्याय, स्वतन्त्र पहिचान, सम्मान र स्वाभिमानको उपभोग गर्न पाउने लैंङ्गिक समानता सहितको समाज निर्माण गर्ने।

ध्येय

लैंङ्गिक समानता तथा समताको संस्कृतिमा आधारित विकास प्रक्रियालाई सवल र सुदृढ बनाउनका निम्ति सबै महिलाहरुको समान अधिकार, समान अवसर, समानुपातिक प्रतिनिधित्व र न्यायमा पहुँच तथा सुरक्षाको सुनिश्चितता गर्ने।

लक्ष्य

लैंङ्गिकतामा आधारित सबै प्रकारका भेदभाव तथा हिंसाको उन्मूलनमा योगदान पुर्याउनका निम्ति समान पहुँच, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी दस्तावेजहरुको कार्यान्वयन र राज्यका सबै स्तर र क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता प्रदान गर्ने।

उद्देश्यहरु

  • राज्यका सबैस्तर तथा क्षेत्रमा महिलाहरुको समानुपातिक तथा समावेशी सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने।
  • न्यायमा पहुँच, कानूनी शासन, लैङ्गकि समानता र शान्तिको संस्कृतिको सुदृढीकरण गर्ने हस्तक्षेपका क्षेत्रहर पहिचान गरी सरोकारका निकायहरुमा सिफारिस गर्ने तथा दवाव दिने।
  •  महिला विरुद्ध हुने हिंसाको अन्त्यका लागि योगदान पुर्याउने।
  •  शासनमा लैङ्गकि मूलप्रवाहीकरण गर्न योगदान पुर्याउने।
  •  राष्ट्रिय महिला आयोगलाई स्वतन्त्र तथा स्वायत्त आयोगका रुपमा विकास गर्नका लागि सशक्त तथा क्षमतावान बनाउने।
  • लैंङ्गिक समानतासँग सम्वन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धिहरु त्था दस्तावेजको कार्यान्वयनको अनुगमन गर्ने।
Site Updated On: Tue, 21 Feb 2012 04:36:11 PM