सचिव
श्री केवल प्रसाद भण्डारी

पूष्ठभूमि:

कैलाली जिल्ला, चौमाला गाउँ बिकास समिति वडा नं ७ टुण्डी गौडी बस्ने ३५ बषिर्या वासुदेवी सुनारलाई सेतो कपडा लगाएको र हलो जोतेको आरोपमा मिति २०६७ असार ७ गते कालो मोसो दली, जुत्ताको माला लगाई गाँउ घुमाएको घटनालाई राष्ट्रिय महिला आयोगले सामाजिक कुरितीबाट महिला पीडित भएको भनी जाँचबुझ थालनी गर्‍यो। पहिलो चरणमा पीडित संग कुराकानी भएका अधिकारकर्मी, पत्रकार र नेपाल प्रहरीका मानव अधिकार सेलमा कार्यरत एस.पी. समेत संग कुराकानी गरी प्राप्त जानकारीको आधारमा प्रारम्भिक जाँचबुझ गर्दा विषयको गाम्भिर्यता र संवेदनशीलता हेरी थप जाँचबुझ गर्न स्थलगत निरीक्षण गर्ने निर्णय गरी आयोगको टोली मिति २०६७ असार १३ गते कैलाली जिल्ला प्रस्थान गरी छानविन कार्य थालनी गरेको हो।

विवरण:

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पी. लाई धनगढीमा नै भेटी घटनाको यथार्थ विवरण र कार्यवाहीको स्थितिबारे जानकारी लियौं। पीडित महिला पनि घटनाको लगतै ओरेक नेपालको सर्म्पर्कमा आए पछि धनगढीकै सेफ हाउसमा बसेको हुनाले त्यहीं कुराकानी गरी बयान लिने काम पनि भयो । पीडित महिलाका दुइ छोरीहरुसंग पनि घटनाको विवरण सोध्ने काम भयो । स्थानीय पत्रकार, महिला अधिकारकर्मी, महिला बिकास अधिकृत लगायत संग उक्त विषयको स्थिति बुझ्ने काम भयो। घटना घटेको ठाउँमानै गई पीडितका पति, जाहेरीमा विपक्षी बनाईएका केही व्यक्तिहरु र स्थानीय वासीसंग पनि घटनाको बारेमा जानकारी लिईयो।

Site Updated On: Thu, 02 Sep 2010 04:21:45 PM
श्री नैना कला थापा
अध्यक्ष
श्री अमुदा श्रेष्ठ
सदस्य
श्री धन कुमारी सुनार
सदस्य
श्री मञ्जु कुमारी चौधरी यादब
सदस्य
श्री मोहना अन्सारी
सदस्य