सचिव
श्री केवल प्रसाद भण्डारी

मिति : २०६६/११/२०

"सबैको प्रगतिको लागि समान अधिकार र समान अवसर"

१. १०० औं अन्तराष्ट्रिय महिला आयोग स्विस एवं राष्ट्रिय महिला आयोगको ९ औं स्थापना दिवसको उपलक्ष्यमा २३ फाल्गून २०६६ मा राष्ट्रिय नाच घरमा विशेष कार्यक्रम आयोजना गरी मनाईदै छ। सांस्कृतिक कार्यक्रम लगायत शुभकामना आदान प्रदान, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सहित कार्यक्रम गरिन लागिएको छ।

२. यसै अवसरमा राष्ट्रिय महिला आयोगले २३ फाल्गुन २०६६ मा आयोगको "यात्रा" नामक बृतचित्र र २४ फाल्गुन २०६६ मा राजनीतिमा महिला बिषयेक बृतचित्र नेपाल टेलिभिजनबाट साझ ५ बजे अपरान्ह प्रसारण गर्ने भएको छ।

३. १०० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोगले "लैङ्गकि खण्डीकृत तथ्यांक र सयुक्त राष्ट्र संघीय, सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र१८२० को कार्यान्वयन स्थितिको अध्ययन प्रतिवेदन" र्सार्वजनिक गर्दै छ।

४. यस अवधिमा नेपालमा महिला अधिकारको उपलब्धिहरुको पुनरावलोकन गरी प्रकाशन गर्ने उदेश्यबाट अनुसन्धानात्मक छलफल कार्यक्रम आयोजना गर्दै छ।

१०० औं अन्तराष्ट्रिय महिला .दिवसको अवसरमा राष्ट्रिय महिला आयोग सम्पुण् नेपालीहरुमा शुभ कामना ब्यक्त गर्दछौ।

Site Updated On: Thu, 02 Sep 2010 04:21:45 PM
श्री नैना कला थापा
अध्यक्ष
श्री अमुदा श्रेष्ठ
सदस्य
श्री धन कुमारी सुनार
सदस्य
श्री मञ्जु कुमारी चौधरी यादब
सदस्य
श्री मोहना अन्सारी
सदस्य