news banner

सुचना तथा समाचार

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७

राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता फाल्गुन १३, २०७७ गते संचालन गर्यो।
काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट २२ जना विद्यार्थीहरुले आफ्ना वक्तृत्व कला प्रस्तुत गरे।
हरेक विद्यालयबाट एक छात्र र एक छात्राको सहभागिता थियो।
हरेक सहभागीलाई छ मिनट समय उपलब्ध थियो।
विजेताहरु:
प्रथम स्थान: श्री जस्मिन भुजेल, कक्षा १०, पद्मकन्या मा वि
नगद पुरस्कार: रु. २०,०००
दोस्रो स्थान: श्री करुणा बुढाथोकी, कक्षा १२, सैनिक आवसीय
नगद पुरस्कार: रु. १५,०००
तेस्रो स्थान: श्री समीर गिरी, कक्षा १०, विश्वामित्र मा वि
नगद पुरस्कार: रु. १०,०००
सान्त्वना: श्री सौरभ पौडेल, कक्षा १२, सैनिक आवसीय
नगद पुरस्कार: रु. ५,०००
विजेता विद्यार्थीहरुलाई आयोगको १९ औं वार्षिकोत्सव (फाल्गुन २३, २०७७ गते) पुरस्कृत गरिनेछ।
कार्यक्रमका निर्णायक मण्डल:
डा. बिन्दु शर्मा ज्यू, उपप्रध्यापक, रत्नराज्य क्याम्पस
श्री ऋतु राज भण्डारी ज्यू
श्री बबिता बस्नेत ज्यू, पत्रकार