सचिव
डा.श्री बद्री पोख्रेल
व्यक्तिगत विवरण

महाशाखाका कार्य विवरण:

कानून तथा महिला अधिकार प्रवर्द्दन महाशाखा  अन्तर्गत दुई वटा शाखाहरु रहेका छन्:-

(१)  कानून तथा महिला अधिकार प्रवर्द्दन महाशाखाको कार्य विवरण:

  • आयोगमा परेका उजुरी एवं निवेदनको जाँचबुझ एवं छानविनको लागि आयोगलाई कानूनी परामर्श प्रदान गर्ने,
  • उजुरी वा निवेदन उपर प्रारम्भिक जाँचबुझ गरी आयोग समक्ष पेश गर्ने,
  • त्यस्ता उजुरीहरुको सम्बन्धमा थप छानविन अनुसन्धान गरी निर्णयार्थ पेश गर्ने,
  • आवश्यकता अनुसार आयोगको अनुमतिले सम्बन्धित स्थानको स्थलगत निरिक्षण गर्ने गराउने,
  • निवेदन वा उजुरीको जाँचबुझ पश्चात प्रतिवेदन तयार गरी निर्धारित समयभित्र आयोग समक्ष पेश गर्ने,
  • आवश्यकतानुसार आयोगबाट गरिने सावर्जनिक सुनुवाईमा सहयोग पुर्‍याउने,
  • आयोगमा विचराधिन रहेको निवेदन उपर दुवैपक्ष झिकाई मिलापत्र गराउने कार्यमा सहयोग पुर्‍याउने,
  • आयोगको निर्णय बमोजिम पीडित महिलाको राहत, क्षतिपूर्र्ति वा अन्य उपचार दिलाउन सहयोग पुर्‍याउने,
  • आयोगको दोषी ठहर्‍याएको व्यक्तिलाई कानूनी कारबाही गराउन पहल गर्ने,
  • उजुरी र निर्णय सम्बन्धी विवरण सुरक्षित साथ राख्ने, राख्न लगाउने,
  • महिला अधिकार पर्रवर्द्धनको लागि विभिन्न कार्यहरु गर्ने गराउने,
  • तोकिएको अन्य कार्यहरु गर्ने।

   (१.१)   महिला अधिकार प्रवर्द्दन शाखा

  • आयोगबाट गरिने र्सार्वजनिक सुनुवाई कार्यक्रम संचालनमा सहयोग गर्ने,
  • हिंसा पीडित महिलालाई पुनस्थापना गराउने कार्यमा क्रियाशिल रहने,
  • महिलाको हक हितसंग सरोकार राख्ने राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमा गर्न क्रियाशिल रहने,
  • महिलाको हक हितसंग सम्बन्धित प्रचलित कानूनको पालना भए नभएको अनुगमन गर्ने गराउने,
  • नेपाल पक्ष भएको अन्तराष्ट्रिय सन्धि अन्तर्गतको दायित्व कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन गर्ने गराउने,
  • महिला सरोकारका विषयमा कानून /नीति तर्जुमा गर्ने क्रममा अन्य निकायबाट परामर्श माग भई आएमा परामर्शको लागि राय पेश गर्ने,
  • नेपाल सरकारका अन्य निकायको नीति तथा कार्यक्रमको लैङ्गकि न्यायको दृष्टिकोणबाट प्रभावकारी भए/नभएको अनुगमन गर्ने/ गराउने,
  • महिला अधिकार सम्बन्धित नेपाल पक्ष भएको अन्तरार्ष्ट्रिय सन्धी संझौतामा भएको व्यवस्था बमोजिम नेपालले पठाउनु पर्ने प्रतिवेदनका सम्बन्धमा नेपाल सरकारले पठाए नपठाएको अनुगमन गर्ने गराउने,
  • महिला अधिकार प्रवर्द्धानको लागि तोकिए बमोजिम अन्य कार्यहरु गर्ने।

(१.२)  कानूनी सहायता तथा परामर्श शाखा

  • आयोगमा परेका उजुरी एंव निवेदनको जाँचबुझ एवं छानविनको लागि आवश्यता अनुसार कानूनी परामर्श प्रदान गर्ने,
  • उजुरी वा निवेदन उपर प्रारम्भिक जाँचबुझ गरी सचिव मार्फत आयोग समक्ष पेश गर्ने,
  • आयोग वा आयोगबाट तोकिएका सदस्यको आदेशले निवेदनको कार्यवाहीको सिलसिलामा सम्बन्धित व्यक्ति वा निकायलाई झिकाउने वा उपस्थित गराउन पत्राचार गर्ने, बयान गराउने,
  • उजुरी वा निवेदन कर्ताबाट छानविनको लागि थप प्रमाण पेश गर्न लगाउन पर्ने देखिएमा सो का लागि पहल गर्ने,
  • उजुरी वा निवेदनको छानविन एवं जाँचबुझको क्रममा बयान लिने, साक्षी बुझ्ने, लिखित वा प्रमाण पेश गर्न लगाउने आदि कार्य गर्ने,
  • आवश्यकता अनुसार आयोगको अनुमतिले सम्बन्धित स्थानको स्थलगत निरिक्षण गर्ने,
  • निवेदन वा उजुरीको जाँचबुझ पश्चात प्रतिवेदन तयार गरी निर्धारित समय भित्र आयोग समक्ष पेश गर्ने,
  • आवश्यकतानुसार आयोगबाट गरिने सार्वजनिक सुनुवाईमा सहयोग पुर्‍याउने,
  • आयोगमा विचाराधिन रहेको निवेदन उपर दुवै पक्ष झिकाई मिलापत्र गराउने कार्यमा सहयोग पुर्‍याउने,
  • आयोगको निर्णय बमोजिम पीडित महिलालाई राहत, क्षतिपूर्र्ति वा अन्य उपचार दिलाउन सहयोग पुर्‍याउने,
  • आयोगले दोषी ठहर्‍याएको व्यक्तिलाई कानूनी कारबाही गराउन पहल गर्ने,
  • उजुरी र निर्णय सम्बन्धी विवरण सुरक्षित साथ राख्ने र राख्न लगाउने ।

२०६८ पुष सम्मको महिला हिंसा सम्बन्धी उजुरी कारबाहीको मासिक विवरण बिबरण


२०६८ मंसिर सम्मको बिबरण


२०६८ असोजको बिबरण


२०६८ भाद्रको बिबरण


२०६८ श्रावणको बिबरण


Site Updated On: Tue, 21 Feb 2012 04:36:11 PM