सचिव
डा.श्री बद्री पोख्रेल
व्यक्तिगत विवरण
नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच २०६३ साल मंसीर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता र तत्पश्चात विकसित राजनीतिक घटनाक्रमहरुको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि विद्यमान सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको अनुभव गरिएको छ । सशस्त्र द्वन्द्वको कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई निराकरण गर्न र मुलुकको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा पर्नसक्ने प्रतिकूल प्रभावहरुको न्यूनीकरणको लागि यसका मूलभूत कारणहरुलाई समयमै सम्बोधन गरिनु अत्यन्तै आवश्यक हुन्छ । वस्तुतः नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु अनि यसको समाधानार्थ अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका छन् र राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन-अनुसन्धानका विषयवस्तु बन्न पुगेका छन् । त्यसैगरी द्वन्द्व समाधान र द्वन्द्वोत्तरकालीन पुनर्निर्माण र पुनर्स्थापनको क्षेत्रमा अन्य मुलुकहरुले हासिल गरेको अनुभव हाम्रो लागि मार्गदर्शक बन्न सक्दछन् । विगतमा हामीले हासिल गरेका सफलता वा असफलताले हाम्रो साझा भविष्यको मार्गचित्र तयार गर्नमा उल्लेखनीय योगदान पुर्‍याउन सक्दछन् । राष्ट्रिय एवं अन्तरास्ट्रय जगतमा हासिल गरिएका अनुभव र उपलब्धिहरुको बारेमा आम रुपमा जानकारी प्रदान गरी र्सार्वजनिक महत्वका विषयमा सुसूचित हुने जनसाधारणको मौलिक हकको सम्मान गर्ने र शान्त, सुन्दर र समुन्नत नयाँ नेपालको निर्माणमा र्सार्थक योगदान पुर्‍याउने उद्देश्यले नेपाल सरकार, शान्ति तथा पुनर्निर्माण मन्त्रालयले एउटा विद्युतीय सूचना केन्द्र स्थापना गर्ने प्रयास (Web Site Initiative) गरेको छ । मन्त्रालयको यस प्रयासबाट द्वन्द्व व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापन एवं संक्रमणकालीन न्याय जस्ता विषयमा काम गर्ने पेशाकर्मीहरु, नीति निर्माताहरु, अध्ययन-अनुसन्धानकर्ताहरु तथा यस विषयमा प्रत्यक्ष वा परोक्ष रुपमा सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुले महत्वपूर्ण एवं विशिष्टीकृत सूचना सामग्रीहरु प्राप्त गर्न सक्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ । त्यसैगरी आपसी सम्वाद एवं अन्तरक्रियाहरुको माध्यमबाट नेपालको शान्ति प्रक्रियालाई अझ बढी परिष्कृत, वैज्ञानिक र वस्तुनिष्ठ तुल्याउन पनि यो केन्द्रले उत्प्रेरक (Catalyst) को भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा पनि मन्त्रालयले गरेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय यस केन्द्रमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ । यस साइटको सामयिक सुधारका साथै सूचनाहरुको परिमार्जनको लागि यहाँहरुको अमूल्य सुझाव, प्रतिक्रिया र परामर्श निरन्तर प्राप्त भइ नै रहनेछन् भन्ने कुरामा मन्त्रालय विश्वस्त छ ।

पृष्ठभूमि

प्रत्येक व्यक्तिको जीवनको अधिकार मानव अधिकार हो।यो कसैले दिएर दिईने विषय नभई मानिस भएर जन्मिएको कारण स्वतः प्राप्त हुन्छ।यो प्राकृतिक, जन्मसिद्ध, नैर्सर्गिक, अवशिष्ट एवं आधारभुत अधिकारको रुपमा रहेको हुन्छ।महिला भएको कारणबाट खण्डित वा वञ्चित गरिएका अधिकारको खोजी अनि मर्यादितरुपमा बाँच्न पाउने र मानवको रुपमा पाउनु पर्ने महिलाको अधिकार, निश्चितरुपमा अलग विषय नभई मानव अधिकारकै विषयबस्तु हुन। मानव अधिकारको विषयलाई लैङ्गकि संवेदनशील भएर नहेरिदा वा व्यवहार नगरिदा कतिपय अवस्थामा जैविक भिन्नता भएको कारण महिलाले उपभोग वा उपभोग गर्न पाउने अधिकार कटौती हुने गरेको हुँदा महिला अधिकारको विषयलाई प्राथमिकतामा राखेर हेरिनु पर्ने स्थिति विश्वव्यापी रुपमानै रहेको छ। त्यसलाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघबाट सन् १९७९ मा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि साथै यसको पालनाको प्रत्याभूतिको लागि सन् २००० मा यसकोर् इच्छाधिन आलेख समेत पारित भएको छ।

सन् १९९० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाहरुले संगठित रुपमा थालनी गरेको प्रयासलाई कदर गर्दै सोही दिनको स्मरणमा प्रत्येक वर्षमार्च ८ तारिखका दिनलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउन शुरु गरिएको हो। समाजको आधा हिस्सा ओगटेको महिलाको अवस्थालाई सुधार नगरिए सम्म समाजको अग्रगामी परिवर्तन सम्भव हुन सक्दैन भन्ने कुरामा आजको दिन सम्म आईपुग्दा विश्व जनमत ऐक्यवद्ध भएको पाईन्छ। यसै तथ्यलाई मनन गरी ९२ औ अन्तराष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा २०५८ साल चैत्र २३ गते -७ मार्च, २००२) राष्ट्रिय महिला आयोग गठन भएको थियो। आज १०१ औं अन्तराष्ट्रिय महिला दिवस मनाई रहँदा आयोग १० औं वर्षा प्रवेश गरेको छ।

यस अवसरमा अन्तराष्ट्रिय महिला आयोगको संस्थागत विकासमा योगदान पुर्याउने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अन्तराष्ट्रिय महिला आयोग हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

Site Updated On: Sun, 05 Feb 2012 12:46:50 PM