सचिव
डा.श्री बद्री पोख्रेल
व्यक्तिगत विवरण

 (२) योजना, प्रशासन तथा कार्यक्रम महाशाखा प्रमुखको कार्य विवरणः

                योजना, प्रशासन तथा कार्यक्रम महाशाखा अन्तर्गत चार वटा शाखाहरु रहेका छन्;

  • आयोगको दैनिक प्रशासन संचालन सम्बन्धमा सचिवबाट प्रत्यायोजित अधिकार बमोजिम महाशाखा प्रमुख भै कार्य गर्ने,
  • आयोगको दैनिक प्रशासन संचालन गर्न सहयोग गर्ने,
  • महिलाको हक हित सरोकारका विषयमा आयोगमा परेका निवेदनहरुको किनारा फछर्यौट गर्ने गराउने कार्य गर्ने,
  • आयोगको निर्णय कार्यान्वयनमा सम्बन्धित निकायसंग सहयोग लिने, समन्वय गर्ने पत्राचार गर्ने कार्य गर्ने गराउने,
  • स्वीकृत कार्यक्रमहरु कार्यान्वयनका लागि जिम्मेवारी लिई सफल बनाउने,
  • आयोगले तयार पार्नु पर्ने प्रतिवेदन तयारीको लागि आवश्यक तथ्यांकको संकलन, विश्लेषण, तालिकीकरण लगायत आवश्यक कार्यहरु गर्ने गराउने,
  • महिला विरुद्धको भेदभाव तथा सामाजिक कुरीति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने गराउने कार्यलाई सफलता पूर्वक अगाडि बढाउने,
  • महिला अधिकारबाट वंचित, पीडित वा असहाय महिलालाई आवश्यक कानूनी सहायता प्रदान गर्न सम्बन्धित निकायसंग समन्वय गर्ने,
  • मातहतका शाखाहरुको कार्य सूचारु रुपले संचालन हुने व्यवस्था मिलाउने,
  • मातहतका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्ने,
  • आयोगका तर्फबाट गरिने प्रकाशनहरु समयमै गुणस्तर तवरले सम्पन्न गर्न क्रियाशिल रहने,
  • आयोगको भौतिक सामग्रीको संरक्षण तथा आर्थिक मितव्ययिता कायम गर्न व्यवस्था मिलाउने,

(२.१)  आन्तरिक प्रशासन शाखाको कार्य विवरण:

  • आयोगको दैनिक प्रशासन संचालनमा आवश्यक सहयोग र टेवा पुर्‍याउने,
  • आयोगबाट गर्नुपर्ने पत्राचार सम्बन्धी कार्य गर्ने,
  • कर्मचारी व्यवस्थापन एवं परिचालन सम्बन्धी कार्य गर्ने,
  • आयोगको बैठक बस्दा आवश्यक सहयोग पुर्‍याउने,
  • आयोगको निर्णय कार्यान्वयनमा तदारुकताका साथ कार्य गर्ने,
  • विभिन्न सरकारी एवं गैर सरकारी निकायसंग सहयोग र समन्वयको विस्तार गर्ने,
  • अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • भण्डारण सम्बन्धी कार्य गर्ने,
  • कागज धुल्याउने सम्बन्धी कार्य गर्ने,
  • निर्दिष्ट अन्य कार्य गर्ने।

(२.२)   आर्थिक प्रशासन शाखाको कार्य विवरण:

  • बजेट र वाषिर्क कार्यक्रम तर्जुमा गर्ने कार्यमा सहयोग पुर्‍याउने,
  • स्वीकृत बजेट र कार्यक्रमको अधिनमा रही आयोगको कार्यक्रम संचालनमा सहयोग पुर्‍याउने,
  • प्रचलित कानूनको अधिनमा रही खर्चको निकाशा गर्ने, अख्तियार प्राप्त अधिकारीको आदेशले खर्च गर्ने, श्रेस्ता राख्ने, मासिक एवं वाषिर्क विवरण तयार गरी यथासमयमा सम्बन्धित निकायमा पठाउने,
  • बेरुजु भएमा प्रमाण संकलन गरी फछर्यौट गर्ने, गराउने,
  • आन्तरिक एवं अन्तिम लेखा परिक्षण गराउने,
  • विनियोजन, धरौटी र राजश्व लेखा दुरुस्त राख्ने,
  • तोकिएका अन्य कार्यहरु गर्ने।

(२.३)    योजना, अनुगमन तथा प्रकाशन शाखाको कार्य विवरण:

  • आयागको भावी योजनको खाका तयार पारी आयोग समक्ष प्रस्तुत गर्ने,
  • आयोगले सम्पादन गरेका/गर्ने कार्यको सम्बन्धमा प्रचार प्रसार कार्यका लागि सम्बन्धित निकायसंग सर्म्पक  स्थापित गर्ने,
  • आयोगको रणनीतिक योजना तर्जुमा गर्ने,
  • आगामी वर्ष योजना तथा बजेट तर्जुमा गर्ने,
  • लैङ्गकि समानता, महिला सशक्तीकरण प्रवर्दन गर्ने किसिमका योजनाहरु तर्जुमा गर्न आफ्नो सुझाव पेश गर्ने,
  • महिला अधिकारको संरक्षणको लागि एंव गैर सरकारी निकायको भ्रमण, निरिक्षण एवं अवलोकन गरी सरकारलाई आवश्यक सुझाव दिने कार्यमा सहयोग गर्ने,
  • आयोगको तर्फबाट प्रकाशित गरिने सबै प्रकारका प्रकाशनहरु समयमै गुणस्तरीय रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन समन्वयन गर्ने,
  • तोकिएका अन्य कार्य गर्ने।

(२.४)    कार्यक्रम संचालन तथा समन्वय शाखाको कार्य विवरण:

  • आयोगबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नमा सहयोग पुर्‍याउने।
  • आयोगको आगामी वर्षको कार्यक्रम तर्जुमा गरी पेश गर्ने।
  • कार्यक्रम कार्यान्वयन गर्ने क्रममा अन्य निकायको सहयोग प्राप्त गर्ने
  • लैङ्गकि न्याय कायम गर्न सघाउ पुर्‍याउने किसिमका कार्यक्रमहरुको तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने,
  • महिलाको हित अभिवृद्धिको क्षेत्रमा कार्य गर्ने सरकारी एवं गैर सरकारी निकायसंग सहयोग लिने र समन्वयन गर्ने,
  • गैर सरकारी एवं सरकारी निकायहरुसंग महिला हक अधिकारको उपयोग सम्बन्धमा साझा कार्यक्रम बनाइ कार्यान्वयन गर्न प्रोत्साहित गर्ने,
  • महिला विरुद्धका भेदभाव तथा सामाजिक कुरीति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने किसिमका कार्यक्रम संचालन गर्ने,
  • महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्न आवश्यक कार्यक्रम बनाउन उपयुक्त वातावरण निर्माणमा पहल गर्ने,
  • तोकिएको अन्य कार्यहरु गर्ने।
Site Updated On: Tue, 21 Feb 2012 04:36:11 PM